चितवनमा भलिबल रेफ्री तालिम सुरु

चितवन, २० पुस ।
चितवनमा जिल्ला भलिबल रेफ्री तालिम सुरु भएको छ । आइतबारबाट सुरु भएको तालिमको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे ।

सो क्रममा कार्कीले प्रशिक्षार्थीहरु शुभकामना व्यक्त गरे । रेफ्री उत्पादनमा यसले ठूलो भूमिका खेल्ने उनको भनाइ थियो । ग्लोरियरस एकेडेमीमा २५ गतेसम्म चल्ने तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट ४० जना प्रशिक्षार्थी रेफ्रीहरु सहभागी छन् ।

उनीहरुलाई भलिबल रेफ्री सम्बन्धी आधारभूत तालिम दिईने चितवन जिल्ला भलिबल संघका अध्यक्ष तोरनबहादुर ढकालले जानकारी दिए ।

सहभागीहरुलाई राष्ट्रिय रेफ्री तथा अन्तराष्ट्रिय लेभल टु प्रशिक्षक विजयकृष्ण बाधेले प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं चितवन जिल्ला भलिबल संघका महासचिव रमेश बिकले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट