चितवन, १९ पुस ।
उद्योग वाणिज्य संघ चितवनको ५९औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी रहनुभएको थियो ।
कार्यक्रमको सभापतित्व उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले गर्नुभएको थियो । साथै, चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो ।
साधारण सभामा चितवन जिल्लास्थित प्रमुख राजनीतिक दलहरू—नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो । साथै उद्योगी–व्यवसायी, संघका सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले संघको वार्षिक गतिविधि, भावी योजना तथा संगठनात्मक विषयमा छलफल गर्दै सम्पन्न भएको हो ।





