चितवनमा तीन वटा कृति एकैपटक सार्वजनिक

चितवन, १९ पुस कालिका नगरपालिका खोलेसिमलमा रहेको कालीगण्डकी साहित्य परिषद्ले तीन कृतिको विमोचनसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । परिषद्का अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षता र लकाश पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चिरञ्जीवी दाहालको अज्ञात यात्रा, गणेश पौडेलका दृश्यावलोकन र गोविन्द-गोपिका स्मृति ग्रन्थ विमोचन गरिएको थियो । कार्यक्रममा समालोचक एवं संस्कृतिविद् डी आर पोखरेललाई सम्मान […]
चित्रकला र कविताको अनौठो मेल: पटिहानीमा सांस्कृतिक कार्यशाला

चितवन, १९ पुस भरतपुर महानगरपालिका वडा नम्बर २२ को आयोजनामा चितवनको पटिहानीमा सांस्कृतिक चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरूले स्थलमै चित्र निर्माण गरेका थिए भने कविहरूले ती चित्र अवलोकन गर्दै कविता सिर्जना र वाचन गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र भरतपुर प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा चित्र र साहित्यको […]
कांग्रेस-एमाले गठबन्धन गर्छौं, नयाँलाई ‘क्लिन-स्वीप’ गर्छौं : गुरूङ

लमजुङ, १९ पुस । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच मोर्चाबन्दी हुनसक्ने बताएका छन् । एमाले लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएपछि पुराना दलबीच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको […]
उद्योग वाणिज्य संघ चितवनको वार्षिक साधारणसभा सम्पन्न

चितवन, १९ पुस । उद्योग वाणिज्य संघ चितवनको ५९औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी रहनुभएको थियो । कार्यक्रमको सभापतित्व उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले गर्नुभएको थियो । साथै, […]
कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको अध्यक्षमा सुवेदी निर्वाचित

भरतपुर, १९ पुस कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनको तेस्रो वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाबाट क्लबको नयाँ कार्यसमिति चयन गर्दै गोविन्दप्रसाद सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । सभा क्लबका अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेशप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको स्वागत मन्तव्य […]