कांग्रेस-एमाले गठबन्धन गर्छौं, नयाँलाई ‘क्लिन-स्वीप’ गर्छौं : गुरूङ

लमजुङ, १९ पुस ।
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच मोर्चाबन्दी हुनसक्ने बताएका छन् ।

एमाले लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएपछि पुराना दलबीच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको बताएका हुन् ।

‘प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ,’– उनले भने ।

उपाध्यक्ष गुरुङले कांग्रेस र एमालेबीच यसअघि जितेका आ–आफ्नो क्षेत्र लिने र बाँकी क्षेत्रमा भागबण्डा हुनेगरी मोर्चाबन्दी हुन सक्ने बताए । गुरूङले गठबन्धनबाट नयाँ भनिएका शक्तिहरूलाई पनि क्लिन-स्वीप गरिने बताए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट