लेखक निर्दोष जीवनले मनाए अनाथ बालबालिकासँग जन्मदिन

भरतपुर, ९ पुस ।
लेखक निर्दोष जीवनले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् ।
भरतपुर महानगरपालिका- २३ स्थित आशा अनाथालयमा पुगेर त्यहाँ आश्रित बालबालिकासँग उनले जन्मदिन मनाएका हुन् ।

आश्रममा पुगेर उनले त्यहाँ आश्रित ११७ जना बालबालिकालाई फलफूल वितरण गरे । त्यसैगरी २०० थान मुना मासिक बालपत्रिका र ३० थान भन्दा बढी बालसाहित्यका पुस्तक बालबालिका कै हातमा राखिदिए ।

`जन्मदिनमा फजुल खर्च र अनावश्यक तडकभडक गरेको मलाई मन पर्दैन´, निर्दोषले भने – `आजको विशेष दिनमा केही रचनात्मक काम गरुँ भनेर यहाँ आएको हुँ ।´

चितवन र नवलपरासीमा पछिल्लो समय जन्मदिनमा विद्यार्थीलाई पुस्तक एवम् शैक्षिकसामग्री दिने प्रचलन विकास भैरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट