भरतपुरमा मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु

भरतपुर, ४ पुस ।

भरतपुर मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

होटल मलेवामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । दुई दिन चल्ने महानगर स्तरीय प्रतियोगितामा महानगर भित्रको कक्षा १२ सम्मका एक सय २० जना विद्यार्थीहरु सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ट्रफीसहित १२ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले १० हजार, तेस्रोले सात हजार पाँच सय, चौथोले पाँच हजार पाँच सय, पाँचौले चार, छैठौंले तीन हजार पाँच सय तथा सातौँले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने समितिका अध्यक्ष जयदेव पौडेलले जानकारी दिए ।

यस्तै आठौं, नवौं र दशौं स्थान हासिल गर्नेले पनि समान दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । दश जोड २ र कक्षा १० मुनीका उत्कृष्ट खेलाडीले समान दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फ उत्कृष्ट खेलाडीले पनि दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

उद्घाटन कार्यक्रममा भरतपुर ११ का वडाध्यक्ष कमल मल्ल, महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्य, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, चितवन जिल्ला बुद्धिचाल संघका अध्यक्ष मोहन श्रेष्ठ, वुद्धिचाल विज्ञ भुबहादुर गुरुङलगायत सहभागी थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट