भरतपुरमा मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु

भरतपुर, ४ पुस । भरतपुर मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । भरतपुर महानगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो । होटल मलेवामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । दुई दिन चल्ने महानगर स्तरीय प्रतियोगितामा महानगर भित्रको कक्षा १२ सम्मका एक सय २० जना विद्यार्थीहरु सहभागी […]

ओझेलको इतिहासलाई उजागर गर्दै ‘बखान’ उपन्यासमाथि बहस

चितवन, ४ पुस । चितवनको इतिहास, बस्ती विकास तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट औपचारिक चर्चा–परिचर्चा सुरु भएको छ । स्थानीय तहको पहलमा पहिलोपटक उक्त कृतिमाथि सार्वजनिक बहस थालिएको हो । भरतपुर महानगरपालिका–२५ को प्रबर्द्धनमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । […]

प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिबार फाइनप्रिन्ट फिभर हुँदै

काठमाडौं, ४ मङ्सिर । फिभरमा सम्राट उपाध्याय, नीलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान, केशव दाहाललगायत सहभागी हुनेछन् । फाइनप्रिन्ट बुक्सले नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिबार घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभर को काठमाडौं संस्करण आयोजना गर्दैछ । गत कात्तिकमा चितवनबाट सुरु भएको यो महोत्सव पोखरा, सुर्खेत, नेपालगञ्ज र दाङ हुँदै काठमाडौं आइपुगेको हो […]

शुक्रनगरमा साहित्य गोष्ठी, `बखान´ उपन्यासको विमर्श

भरतपुर, ४ मङ्सिर । जेष्ठ नागरिकका अनुभव, योगदान र साहित्यिक साधनालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना गरिएको जेष्ठ नागरिक साहित्यिक गोष्ठी एवम् सम्मान तथा रचनावाचनसहित किताब परिचर्चा कार्यक्रम भव्य, सभ्य र अर्थपूर्ण रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम थारू पत्रकार संघ नेपाल शाखा चितवन तथा सुधा पुञ्ज साहित्य समिति, भरतपुर–२५, चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको […]