कोहलपुरमा `ध्यानाकर्षण´कृतिमाथि अन्तरक्रिया

कोहलपुर, २७ मङ्सिर ।
कथाकार जीत बहादुर शाहाको नवीनतम् कृति `ध्यानाकर्षण´ माथि अन्तरक्रिया भएको छ । ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको सभाहलमा साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले नयाँ सर्जक जन्माउन तथा साहित्यका पाठकहरू बढाउन विद्यालय तथा विश्वविद्यालयहरूमा लेखकसँग अन्तरक्रिया तथा विधागत कृतिहरु माथि समीक्षात्मक कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।

प्राज्ञ ढकालले पछिल्लो समय बाँके बर्दियाका सर्जकहरूलाई उत्प्रेरित गर्ने गरी जीतबहादुर शाह जस्ता अनुभवी लेखकहरू साहित्य सिर्जनामा सक्रिय भएको देख्दा खुुसी लागेको बताउनु भयो । उहाँले साहित्य र जीवन एक अर्काका परिपुरक भएको बताउँदै साहित्य सिर्जनाले कल्पनाशीलता बढाउने भएकोले विद्यार्थीहरूका लागि साहित्यिक माहोल झनै आवश्यक रहेको बताउनु भयो ।

समालोचक डम्बर खत्रीले जीतबहादुर शाहको लघुकथा कृति ” ध्यानाकर्षण” को समीक्षा गर्दै यो कृति अनुभवहरूको सङ्गालो भएको बताउनु भयो । जुन सुकै उमेर समुहका व्यक्तिहरूका लागि समेत उपयुक्त रहेको यो सङ्ग्रहले राजनीतिक, सामाजिक र शेैक्षिक विषयवस्तुलाई बढी जोड दिएको बताउनु भयो । कृति भित्र रहेका छपन्न ओटा कथाहरूले कुनै न कुनै रूपमा जीवन उपयोगी दर्शन वा सन्देश बोकेको हुनाले “ध्यानाकार्षण” कृतिको महत्व रहेको बताउनु भयो ।

कृतिकार जीतबहादुर शााहले आफ्नो लेखनको विषयवस्तु समाज र विद्यार्थी भएकोले साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया गर्न पाउँदा खुुसी लागेको बताउनु भयो । उहाँले अध्ययन र अभ्यासले मानिसलाई परिपक्व बनाउने बताउँदै साहित्यमा अध्ययन र अभ्यासको औचित्व औलाउनु भयो ।

उपप्रध्यापक दिनेश अर्यालले सहजीकरण र विमला खत्रीले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा जीतबहादुर शाहलाई विद्यार्थी तथा साहित्यकारहरूले ध्यानाकार्षण कृति माथि दर्जन बढी प्रश्नहरू सोधेका थिए ।

कार्यक्रममा साहित्यकारहरू छविलाल खड्का, चन्द्रावती अधिकारी, चन्द्र पंगाली, मणि गैरे, शुभााकर विश्वकर्मा, भिम खरेल, केशव सिग्देल, तिलक के.सी. डोलराज अर्याल लगायत दर्जनौं उपप्रध्याक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट