विशाल अवार्ड २०८२ : विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

चितवन, २७ मङ्सिर । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड – २०८२ सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी विभिन्न विधामा सम्मान गरिएको हो । अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, […]
साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न, अध्यक्षमा रह शर्मा चयन

भरतपुर, २७ मङ्सिर । साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उद्घाटन सत्रमा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, सङ्गमका पूर्व अध्यक्षहरू पोषराज पौडेल, डीआर पोखरेल, भवनाथ सडौला र मोदनाथ मरहट्टा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद रामहरि […]
देवघाटधाम जेसीजमा सुवेदीको नेतृत्व

देवघाटधाम, २७ मङ्सिर । देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, […]
होटल व्यवसायी सङ्घ चितवनको अध्यक्षमा ऋषिकेश अर्याल चयन

भरतपुर, २७ मङ्सिर । होटल व्यवसायी सङ्घ चितवनको अध्यक्ष ऋषिकेश अर्याल चयन भएका छन् । सङ्घको शनिबार भएको २९ औँ साधारणसभा तथा १४ औँ अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर कार्की, उपाध्यक्षमा रामबहादुर गुरुङ, सावित्री घिमिरे, विकास गुरुङ, महासचिवमा कृष्णकुमार महतो, सचिवमा सन्देश चापागाई, […]
हंस सहकारीको २२ औं वार्षिक साधारणसभा सम्पन्न

भरतपुर, २७ मङ्सिर । भरतपुर महानगरपालिका–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणगढको २२ औं वार्षिक साधारणसभा शनिबार संस्थाको प्राङ्गणमा सञ्चालक समितिबाट पेश गरिएका विषयहरूमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ । संस्थाकी सेयर सदस्य समेत रहेकी संविधान सभा सदस्य माननीय गीता वाग्लेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा […]
कोहलपुरमा `ध्यानाकर्षण´कृतिमाथि अन्तरक्रिया

कोहलपुर, २७ मङ्सिर । कथाकार जीत बहादुर शाहाको नवीनतम् कृति `ध्यानाकर्षण´ माथि अन्तरक्रिया भएको छ । ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको सभाहलमा साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले नयाँ सर्जक जन्माउन तथा साहित्यका पाठकहरू बढाउन […]
हंसको १६औं वार्षिकोत्सवमा रक्तदान, सदस्य सम्मान र सहयोग हस्तान्तरण

भरतपुर, २७ मङ्सिर । नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औं वार्षिकोत्सवको अवसरमा शनिबार खुल्ला रक्तदान, सदस्य सम्मान तथा सामाजिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका सेयर सदस्य समेत रहेकी बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा संस्थाको […]