होटल व्यवसायी सङ्घ चितवनको अध्यक्षमा ऋषिकेश अर्याल चयन

भरतपुर, २७ मङ्सिर ।
होटल व्यवसायी सङ्घ चितवनको अध्यक्ष ऋषिकेश अर्याल चयन भएका छन् । सङ्घको शनिबार भएको २९ औँ साधारणसभा तथा १४ औँ अधिवेशनबाट अर्यालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर कार्की, उपाध्यक्षमा रामबहादुर गुरुङ, सावित्री घिमिरे, विकास गुरुङ, महासचिवमा कृष्णकुमार महतो, सचिवमा सन्देश चापागाई, कोषाध्यक्षमा पुजन कोइराला र सह कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा गङ्गा पराजुली, पिण्डराज केसी, नारायण जर्घामगर, गनबहादुर श्रेष्ठ, लोकनाथ कँडेल (कृष्णपुर इकाइ), छविलाल चापागाई (भरतपुर इकाइ), ललिता श्रेष्ठ (माडी इकाइ), अर्जुन श्रेष्ठ (इच्छाकामना इकाइ), नवीन कँडेल (नारायणगढ बजार इकाइ) चयन भएका छन् । नयाँ कार्यसमितिको पद हस्तान्तरण आगामी पुस २ गते हुने भएको छ । सङ्घका निवर्तमान अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट