वाल्मीकिमा रक्तदातालाई किताब उपहार

भरतपुर, २५ मङ्सिर ।
वाल्मीकि शिक्षा सदन भरतपुरले २९ औँ वार्षिकोत्सवका अवसरमा मङ्सिर २२ गतेदेखि विविध कार्यक्रम गरिरहेको छ । पहिलो दिन विद्यालय आसपासका क्षेत्रमा सरसफाइ गरेर कार्यक्रम सुरु भएको थियो । यसैक्रममा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल जुनियर युवा रेडक्रस सर्कल वाल्मीकिको आयोजना गरिएको रक्तदान कार्यक्रममा ११७ जनाले रक्तदान गरे ।

रक्तदाताका रूपमा कक्षा ११ र १२ का विद्यार्थीको उल्लेख्य सहभागिता थियो । विद्यार्थी सँगसँगै शिक्षक, अभिभावक र स्थानीयले पनि रक्तदान गरेका थिए ।

कार्यक्रममा सहभागी रक्तदातालाई विद्यालयका प्रधानाध्यापक प्रदीप पौडेल र सह – प्रधानाध्यापक प्रकाश सुवेदीले प्रमाणपत्रसँगसँगै मायाको चिनोस्वरुप किताब उपहार दिएका थिए । रक्तदातालाई मायाको चिनोस्वरुप किताब दिइएको यो नौलो प्रयोग पनि हो । शिक्षक नायक सुवास रेग्मीले वाल्मीकिले सिर्जनात्मक गतिविधि गरिरहेको बताए । नेपाल जुनियर युवा रेडक्रस सर्कल वाल्मीकिका सङ्कल्प शर्माले रक्तदान कार्यक्रममा विद्यार्थीहरू उत्साहित भएर सहभागी भएको बताए । रियान अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

वार्षिकोत्सव अन्तर्गत खेलकुद एवम् अतिरिक्त क्रियाकलापहरू भैरहेका छन् । रोबोटिक तथा म्याथ क्विजका कार्यक्रम पनि समावेश गरिएको सह – प्रधानाध्यापक सुवेदीले बताए । कार्यक्रमहरू मङ्सिर २८ गतेसम्म चल्ने छन् । वाल्मीकि शिक्षा सदन २०५३ सालमा स्थापना भएको हो । २९ औँ वार्षिकोत्सवका दिन मङ्सिर २९ गते विद्यालयमा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट