ग्रीनल्याण्डमा पिबिएल मेला : हाजिरीजवाफमा सनराइज स्कुल प्रथम

भरतपुर, २३ मङ्सिर ।
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा मंगलबारदेखि तेस्रो परियोजनामा ​​आधारित शिक्षा (पिबिएल) मेला सुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन मंगलबार महानगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्कुल प्राङ्गणमा भएको प्रतियोगितामा सनराइज इङ्लिस स्कुल प्रथम भएको छ । यस्तै पोलर स्टार इङ्लिस स्कुलले दोस्रो स्थान हासिल गर्दा नारायणी पब्लिक स्कुल तेस्रो भएको कार्यक्रम संयोजक राजेन्द्र लम्सालले जानकारी दिए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटी, स्कुलकी प्राचार्य इन्दिरा कार्की र सहप्राचार्य उपेन्द्र आचार्यले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २० विद्यालय सहभागी थिए ।

मेलाको दोस्रो दिन बुधबार विज्ञान प्रदर्शनी हुनेछ । जसमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शनीमा राखिनेछ । २५ गते समुदायका लागि स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ । उक्त दिन विद्यालय परिसरमा स्थानीय समुदायको नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ । २६ र २७ गते मिनी पिबिएल मेला हुनेछ । जसमा विद्यार्थीहरुले प्रस्तुति दिनेछन् ।

२९ गते मेलाको मुख्य दिन रहेको छ । उक्त दिन विद्यार्थीहरुले आफूले तयार परेका बस्तुहरु प्रदर्शनीमा राख्ने तथा बिक्री गर्नेछन् । सो दिन विद्यार्थीहरुले उत्पादन गरेका धुपबत्ती, साबुन, विभिन्न परिकार बिक्री गर्नेछन् ।

अभिभावकहरु स्वयं उपस्थित भएर आफ्ना बालबालिकाले उत्पादन गरेका बस्तुहरु हेर्न तथा खरिद गर्न सक्नेछन् । यसले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भरताको बाटो देखाउन सहयोग पुग्ने प्राचार्य कार्कीको भनाइ छ । यस किसिमका कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि उद्यमशीलतामा प्रेरित गर्ने कार्कीको विश्वास छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट