नारायणी कला मन्दिरमा आज नारायणगोपाल स्मृति साँझ

भरतपुर, १९ मङ्सिर ।

नारायणी कला मन्दिरले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि नारायणगोपाल स्मृति साँझ गर्ने भएके छ । शुक्रबार स्वरसम्राट नारायण गोपालको ३५औँ स्मृति दिवसमा स्मृति साँझ आयोजना गर्न लागेको हो । कला मन्दिरले यसवर्ष गायक सुरजकुमार थापा र विश्व प्रधानसँगै चितवनका स्थानीय कलाकारहरुलाई मञ्चमा उतार्ने तयारी गरेको छ । कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठका अनुसार कला मन्दिरका पूर्वअध्यक्षसमेत रहेका गायक तथा सङ्गीतकार सहनलाल प्रधान, निरञ्जन प्रधान, अनामिका मल्ल, प्रवीण श्रेष्ठलगायतले स्वरसम्राट नारायणगोपालको कालजयी गीतमा आवाज भर्नेछन् ।

‘जाग लम्क, चम्क हे’ बालको गीतमा सामूहिक प्रस्तुति दिएपछि सुरु हुने कार्यक्रममा ‘ए कान्छा ठट्टैमा’, ‘मोहनी लाग्ला है’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘प्रियसीका यादहरु’, ‘यति चोखो, यति मीठो दिउँला तिम्लाई माया’, ‘तिम्रोजस्तो मुटु’, ‘पोखिएर घामको झुल्को’, ‘तिमी जून रहरले’, मेरो आँखालाई राख्ने’, ‘मैले मन पराएँ’, ‘मलाई नसोध, कहाँ दुख्छ घाउ’, ‘आज भोलि हरेक साँझ’, ‘माया गर्नेको चोखो माया’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘पर्खि बसेँ आउला भनी’, ‘झरेको पात झैँ भयो’, ‘गल्ती हजार हुन्छ’लगायतका गीत कला मन्दिरको मञ्चमा गुञ्जिने छन् ।

भजन शिरोमणि भक्तराज आचार्यको सम्झनामा ‘जति चोट दिन्छ्यौ देऊ मायालु’समेत प्रस्तुत गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक निरञ्जन प्रधानले जानकारी दिए । उक्त कार्यक्तममा अनुप दास, विक्रम कार्की, कृष्ण महर्जन, प्रविण सिंह, बुद्ध लामा, कुन्दन शाहलगायतका सङ्गीतकर्मीहरुले प्रत्यक्ष सङ्गीतमा साथ दिनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट