भरतपुर, १७ मङ्सिर ।
नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि निरु कार्कीले आफ्नो जन्मदिन मञ्जुश्री असहाय संरक्षण केन्द्रमा मनाएकी छन् ।
कार्कीले बुधबार आफ्नो जन्मदिन भरतपुरस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका बालिकाहरुसँग मनाएकी हुन् । जन्मदिनको अवसरमा कार्कीले केन्द्रको संरक्षणमा रहेका बालिकालाई खाना खुवाएकी छन् ।
यस्तै उनले खाजा र बेलुकाको खानाको लागि पनि केन्द्रलाई सहयोग गरेकी छन् । आफ्नो जन्मदिन केन्द्रमा आश्रित बालिकाहरु खुशी साटेर मनाउन पाउँदा खुशी लागेको कार्कीको भनाइ थियो । अन्यत्र गरिने फजुल खर्च कटाएर केन्द्रमा जन्मदिन मनाएको उनले बताईन् । कार्कीले हरेक जन्मोत्सव यसरी नै आश्रम तथा असहाय केन्द्रमा मनाउदै आएकी छन् ।
केन्द्रीकी संरक्षक मञ्जु खाँडले जन्मदिनमा बालिकाहरुलाई सम्झिएर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । यस्तै सहयोगी मनहरुको सहयोगबाट नै केन्द्र सञ्चालनमा सहज हुने गरेको उनको भनाइ थियो ।




