कावासोतीमा अपाङ्ग पूनर्स्थापना केन्द्रद्वारा खेलकुद तथा सांस्कृतिक कार्यक्रम

कावासोती, १७ मङ्सिर । अपाङ्ग पूनर्स्थापना केन्द्र कावासोतीले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रम विविध प्रस्तुति र प्रतिस्पर्धासहित सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जीवनराज सापकोटाले गरेका थिए भने सञ्चालन नीलकण्ठ तिम्सिनाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेत उपस्थित थिइन् । विशेष अतिथिमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इन्स्पेक्टर, […]
कांग्रेस महाधिवेशन प्रतिनिधि कार्कीले मञ्जुश्रीमा बालिकासँग मनाईन् जन्मोत्सव

भरतपुर, १७ मङ्सिर । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि निरु कार्कीले आफ्नो जन्मदिन मञ्जुश्री असहाय संरक्षण केन्द्रमा मनाएकी छन् । कार्कीले बुधबार आफ्नो जन्मदिन भरतपुरस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका बालिकाहरुसँग मनाएकी हुन् । जन्मदिनको अवसरमा कार्कीले केन्द्रको संरक्षणमा रहेका बालिकालाई खाना खुवाएकी छन् । यस्तै उनले खाजा र बेलुकाको खानाको लागि पनि केन्द्रलाई सहयोग गरेकी […]
स्मल हेभनमा सुरु भयो दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट

भरतपुर, १७ मङ्सिर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ बुधबारबाट सुरु भएको एथ्लेटिक्स मिटको पूर्व धावक ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरे । सो क्रममा मानन्धरले खेलकुद प्रति स्कुलले खेल्दै आएको भूमिकाको प्रसंशा गरे । उनले राज्य र खेलकुदका संघ […]