चितवन, १४ मङ्सिर ।
भरतपुरस्थित सीजी ल्याण्डमार्क मलमा ‘फुड डायरी’ नामक नयाँ फुड एन्ड बेभरेजेसको ग्रान्ड ओपनिङ सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, युवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
फुड डायरीका अध्यक्ष अर्जुन सुनारले चितवनमा आधुनिक र पारिवारिक फुड–डेस्टिनेसनका रूपमा यसलाई विकास गर्ने लक्ष्य रहेको बताए । उच्च सेवा, सफा वातावरण र नयाँ स्वाद प्रदान गर्नु मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा अभिनेता सुशील श्रेष्ठ, निर्देशक माईकल चन्द र उनका क्रु सहभागी थिए । आगन्तुकहरूले परिकार र सेवाको प्रशंसा गरेका छन् ।




