भरतपुर, ११ मङ्सिर ।
लेखक डा. धर्म सापकोटा राजुको चौथो कृति तथा पहिलो उपन्यास ‘बाहेक’ प्रकाशनको तयारीमा पुगेको छ।
पुस पहिलो हप्ता सार्वजनिक हुने उक्त उपन्यास शिखा बुक्स काठमाडौंले प्रकाशन गर्न लागेको हो ।
सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित उपन्यासले तन र मनबीचको सङ्घर्षको कथा सुनाउने सापकोटाले बताए ।
डा. सापकोटाका यसअघि ‘बुद्धिमानीको परीक्षा’ बालकथासङ्ग्रह, ‘बहिर्गमन’ लघुकथासङ्ग्रह र ‘बाटो’ कथासङ्ग्रह प्रकाशित छन् । पूर्वी नवलपरासीको गैंडाकोटमा घर भएका सापकोटा बेलायतमा बसोबास गर्दै आएका छन् ।





