पुस २५ गतेदेखि गैंडाकोट महोत्सव हुँदै

गैंडाकोट, १० मङ्सिर ।
चौथो गैंडाकोट महोत्सव–२०८२ आगामी पुस २५ गतेदेखि माघ १० गतेसम्म नारायणी नदी किनार, गैडाकोट–२ मा सञ्चालन हुनेभएको छ ।

उद्योग वाणिज्य सङ्घ गैंडाकोटको आयोजनामा हुन लागेको सो कार्यक्रममा गैंडाकोट नगरपालिका सह–आयोजकको रूपमा रहेको छ ।

महोत्सवमा विभिन्न सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, पत्रकार महासंघ तथा स्थानीय संघ–संस्थाहरूको सहकार्य रहने छ ।

गैंडाकोटलाई उद्योग, व्यापार र पर्यटनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको महोत्सवमा करिब २५० स्टल रहनेछ भने करिब २ लाख दर्शकको उपस्थिति र लगभग २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा अटोमोबाइल, बैंक–वित्त, इलेक्ट्रोनिक्स, निर्माणसामग्री, कृषि–जडीबुटी, हस्तकला, कपडा,जुत्ता–चप्पललगायतका सामग्रीको प्रदर्शनी तथा बिक्री हुनेछ ।

बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ । सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, बाल उद्यान, जल–मनोरञ्जन तथा विविध आकर्षण समेत रहने कार्यक्रम संयोजक छविलाल कंडेलले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट