पोलर स्टारमा फुटसल कोर्ट उद्घाटन

भरतपुर, ४ मङ्सिर ।
भरतपुर महानगरपालिका वडा नम्बर – ८ मा अवस्थित पोलर स्टार सेकेन्डरी इङ्लिस बार्डिङमा फुटसल कोर्टको उद्घाटन गरिएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रा.डा. देवीप्रसाद कँडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष जीवनाथ कँडेल रहनुभएको थियो ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न चरणमा फुटसल खेलाई बिहीबार फाइनल खेल खेलाइएको थियो । सो कार्यक्रममा शिक्षक अभिभाभावक संघका अध्यक्ष नवकुमारी देवकोटा, विद्यालय सञ्चालक समितिका सदस्यहरु, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

फुटसल खेलमा विजेता हुने कक्षा १२ व्यवस्थापन, उपविजेता कक्षा ११ विज्ञान, छात्रातर्फ विजेता १० क लगायत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथिले ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले अतिरिक्त तथा सहक्रियाकलापमा जोड दिँदै आएको र आगामी दिनमा विद्यार्थीकेन्द्रित कार्यक्रमहरु थपिँदै लगिने कुरा विद्यालयका प्रधानाध्यापक दयानिधि अर्यालले जानकारी दिनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक खगराज सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने अतिरिक्त क्रियाकलाप प्रमुख बुद्धिसागर कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट