तोरीखेतमा सकारात्मक अभिभावकत्व कार्यक्रम

भरतपुर, २ मङ्सिर ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतमा लक्ष्मण भण्डारीको प्रशिक्षणमा सकारात्मक अभिभावकत्व कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकालाई कसरी हुर्काउने, कसरी सफल जीवन बाँच्न सिकाउने जस्ता विषयमा अभिभावकलाई सिप प्रदान गर्ने उद्देश्य रहेको उक्त कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरी खनियाले अध्यक्षता गर्नुभएको थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा रहेको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मीनबहादुर कुँवरले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

सहभागीहरूलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक करुणाकर पण्डितले यस्ता कार्यक्रमले हाम्रा अभिभावकहरू वास्तविक अभिभावक र सफल अभिभावक बन्ने बताउनुभएको थियो साथै यस प्रकारको प्रेरक कार्यक्रम विद्यार्थी र शिक्षकहरूका लागि पनि छिट्टै आयोजना गरिने बताउनुभयो ।

१५० जना भन्दा बढी अभिभावकहरू भेला भएको सहभागी भएको उक्त कार्यक्रम एसओएस बालग्राम भरतपुरका शारदा पाण्डेले सञ्चालन गर्नुभएको थियो भने निर्देशक राजेन्द्र लम्सालले उक्त कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट