चितवन मेडिकल कलेज र प्याब्सन चितवनबिच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता

भरतपुर, २ मड्सिर ।
चितवन मेडिकल कलेज र प्याब्सन चितवनबिच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार प्याब्सन चितवनअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, कार्यरत शिक्षक, कर्मचारी तथा परिवारका सदस्यहरुलाई होलबडी परीक्षणमा ३० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत तथा अन्य सम्पूर्ण उपचारमा २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य उपचारसम्बन्धी सम्झौता पत्रमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल -PABSON) चितवनका तर्फबाट जिल्ला अध्यक्ष मदन पुरी र चितवन मेडिकल कलेजका तर्फबाट प्रशासन शाखाका निर्देशक प्रताप देवकोटाले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा प्याब्सन चितवनका वरिष्ठ सल्लाहकार टीकाराम चापागाई, लेखनाथ खनाल, प्याब्सन भरतपुर महानगरका अध्यक्ष मीनराज बस्ताकोटी, प्याब्सन चितवनका सचिव दयानिधि अर्याल, प्याब्सन महानगर सचिव वेदराज न्यौपाने तथा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाको पनि उपस्थिति रहेको थियो ।

उपचारसम्बन्धी सम्झौता २०८२ मड्सिर १ देखि लागु भई २०८३ कात्तिक ३० गतेसम्म कायम रहने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट