कर्णालीविरुद्ध चितवनको पहिलो जित

काठमाडौं, २ मंसिर ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा इंग्लिस खेलाडीद्वय रवि बोपराको अर्धसतक तथा शैब जइबको आक्रामक ब्याटिङकाे मद्दतमा चितवनले कर्णालीलाई चार विकेटले पराजित गरेको हो।

चितवनले पहिलोपटक कर्णालीलाई हराएको हो। पहिलो सिजनमा भएको दुवै भेटमा कर्णाली विजयी भएको थियो। लिग चरणमा ६ विकेट तथा इलिमिनेटरमा २१ रनले पराजित गरेको थियो। यही हारको बदला चितवनले दोस्रो सिजनको पहिलो खेलमै लिएको छ।

दोस्रो एनपिएलको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६७ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। कर्णालीले भने प्रतियोगितामा हारबाट सुरु गर्‍याे।

चितवनको जितमा रवि बोपाराले सर्वाधिक ५२ रन बनाए। उनले ३६ बलमा समान तीन चौका र छक्का प्रहार गरे। उनलाई मार्क वाटले प्रियांक पञ्चालबाट क्याचआउट गराएका हुन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट