भरतपुर, २८ कात्तिक ।
भरतपुर महानगरपालिका वडा नम्बर – ७ स्थित प्रेमबस्ती बहुमुखी क्याम्पसले तेस्रो क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुक्तिनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्रमुख संरक्षक एवं चन्दादाता माधुरी राणा प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालनसहित क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख बुद्धिसागर कँडेलले प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराई, पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, वडा – ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, क्याम्पस सञ्चालक समितिका सदस्य दामोदर न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति एवम् पुरस्कार वितरण समेत गरिएको थियो । सहायक प्राध्यापक विनोद श्रेष्ठ, पत्रकार लेखराम सापकोटा, सञ्चालक समिति सदस्य लक्ष्मी पोखरेललाई समेत सम्मान गरिएको थियो । विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।




