प्रेमबस्ती क्याम्पसको तेस्रो क्याम्पस सभा सम्पन्न

भरतपुर, २८ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर – ७ स्थित प्रेमबस्ती बहुमुखी क्याम्पसले तेस्रो क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुक्तिनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्रमुख संरक्षक एवं चन्दादाता माधुरी राणा प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालनसहित क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख बुद्धिसागर कँडेलले प्रस्तुत गरेका […]
तोरीखेत स्कुलमा `म पनि पढ्छु´ कार्यक्रम

भरतपुर, २८ कात्तिक । विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को चौधौँ शृङ्खला श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेत भरतपुर – ५ मा गरिएको छ । शुक्रबार गरिएको कार्यक्रममा विद्यार्थीहरु उत्साहित भएर सहभागी भएका थिए । शिक्षिका बेलकुमारी पौडेलले अमर न्यौपानेको `सेतो धरती´ उपन्यासको समीक्षात्मक टिप्पणी राख्दै विद्यार्थीलाई यस्तै किसिमले प्रस्तुति राख्न आग्रह […]
मकवानपुरमा पुजारीको गोली हानी हत्या
मकवानपुर, २८ कात्तिक । राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरको पुजारीको गोली हानी हत्या भएको छ । शुक्रबार बिहान ६४ वर्षीय पुजारी ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजारी गोलेको हत्या गरेको अभियोगमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई […]