मकवानपुरमा पुजारीको गोली हानी हत्या

मकवानपुर, २८ कात्तिक ।
राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरको पुजारीको गोली हानी हत्या भएको छ ।

शुक्रबार बिहान ६४ वर्षीय पुजारी ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुजारी गोलेको हत्या गरेको अभियोगमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने २ राउण्ड गोली, खोका १ थान र १९० ग्राम गन पाउडर बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसईबीका कारण थोकरले गोलेलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट