चितवनमा ‘गजलसँग… ११औँ श्रृङ्खला’ आयोजना हुँदै

चितवन, २४ कात्तिक ।
गजल साहित्यको प्रवर्द्धन र विकासका लागि सक्रिय संस्था गजल मञ्च चितवनले “गजलसँग…११औँ श्रृङ्खला” आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८२ कात्तिक २९ गते, शनिबार दिउँसो १:०० बजे द नारायणी रिसोर्ट, गैँडाकोट–२, नारायणी नदीकिनारमा हुने मञ्चले जनाएको छ ।

गजल मञ्चका अनुसार, श्रृङ्खलामा देशका विभिन्न ठाउँका चर्चित गजलकारहरूले आफ्ना गजल प्रस्तुत गर्नेछन् । कार्यक्रममा लेखराम सापकोटा (चितवन), बाबु त्रिपाठी (काठमाडौं), एस आर दुबाडी (देवघाट) र बबिता भुजेल (विराटनगर) गजलकारका दमदार गजल प्रस्तुति रहने छन् ।

कार्यक्रम संयोजक अविरत सुमनका अनुसार, “यो श्रृङ्खलाले चितवनलाई राष्ट्रिय गजल केन्द्रको रूपमा स्थापित गर्ने अभियानलाई थप गति दिनेछ । गजलसँगले नयाँ पुस्ताका रचनाकारहरूलाई पनि प्रेरणा दिने लक्ष्य लिएको छ ।”
कार्यक्रमको मुख्य प्रायोजक नेपाली गजलबहार रहेको छ भने होटेल ह्याप्पी होम कमलनगर नारायणगढले आतिथ्य सहयोग गर्नेछ ।

गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासका अनुसार गजल मञ्च चितवनले गजललाई भावनाको सीमाभन्दा माथि उठाएर सामाजिक, सांस्कृतिक र बौद्धिक चेतनासँग जोड्ने उद्देश्य लिएको छ । गजलसँग… ११औँ श्रृङ्खला त्यसै दिशातर्फको निरन्तर प्रयास हो ।

कार्यक्रमका मिडिया पार्टनरहरूमा कयाकैरन डटकम र बिप्स मिडिया रहेका छन् । सो कार्यक्रममा सम्पूर्ण किताब नारायणघाट र innovative associates ले सहयोग प्रदान गर्नेछ ।
गजल मञ्च चितवनले विगत दुई दशकदेखि गजलकर्मीहरूका लागि निरन्तर श्रृङ्खलाबद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ । मञ्चले ‘गजलसँग’ श्रृङ्खलामार्फत देशभरका स्रष्टाहरूलाई एउटै मञ्चमा ल्याउँदै साहित्यिक गजल संवाद र सौहार्दको परम्परा अघि बढाउँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट