लायन्स डिष्ट्रिक्ट ३२५ आरको प्रशासकीय भवनको शिलान्यास

भरतपुर, २१ कात्तिक ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरले शुक्रबार भरतपुर–३, चितवनमा एक भव्य समारोहबीच आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ । समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक बालकृष्ण बुर्लाकोटी रहनुभएको थियो भने एल.सि.आई.एफ. एरिया लिडर (LCIF Area Leader) राजन लम्साल विशिष्ट अतिथि रहनुभएको थियो ।

नेपालमा हाल १५ वटा लायन्स डिष्ट्रिक्ट क्रियाशील छन् । तीमध्ये आफ्नै प्रशासकीय भवन निर्माणको शिलान्यास गर्ने पहिलो डिष्ट्रिक्टको रूपमा डिष्ट्रिक ३२५ आरले इतिहास रचेको छ । हाल यस डिष्ट्रिकमा १८७ वटा लायन्स क्लबहरू आवद्ध छन्, जसमा ४,४१० जना लायन सदस्य सक्रिय छन् ।

भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुकेका अनुसार, करिब २ करोड रुपैयाँ लागतमा भवन निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब ४५ लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम पनि चाँडै सङ्कलन हुने विश्वास व्यक्त गर्नुभयो । प्रति सदस्य रु. ३,००० का दरले सहयोग संकलन गर्ने निर्णय पहिल्यै गरिएको र लक्ष्य हासिल गर्न कुनै कठिनाइ नहुने उहाँको भनाइ थियो ।

इन्जिनियर लायन उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनका लागि रहनेछ भने दोस्रो तलामा दुईवटा हल निर्माण गरिने गरी नक्सा तयार गरिएको छ । भवन १ कठ्ठा (२० धुर) जग्गामा बन्नेछ, जसमा १० धुर जग्गा लायनहरूले खरिद गरेका हुन् भने बाँकी १० धुर जग्गा लायन बालगोपाल चुके परिवारले प्रदान गरेको हो ।

संस्थागत सुदृढीकरणको दिशामा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको उक्त भवन निर्माणका लागि प्रमुख अतिथि बुर्लाकोटी र विशिष्ट अतिथि लम्सालले रु. ५५,५५५ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

शिलान्यास समारोहमा पूर्व डिष्ट्रिक गभर्नरहरू, लायन तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम डिष्ट्रिक्ट गर्भनर लायन नवराज सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट