खेलकुद महोत्सव : भलिवलको उपाधि मन्जिल र मनिष तथा आशिका र स्विकृतीको जोडीलाई

चितवन, २१ कात्तिक । भरतपुर महानगरपालिका १ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी महोत्सव परिसरमा आज महिला र परुष दुबैतर्फको फाइनल खेल सम्पन्न भएको हो । प्रतियोगिताको पुरुषतर्फको उपाधि मन्जिल/ मनिषको भरतपुर – १८ ले जितेको छ । […]
सरिताले गरिन् एकैसाथ ३ वटा विद्यालयमा अक्षयकोष स्थापना

चितवन, २१ कात्तिक । माडी नगरपालिका–५, ब्रह्मपुरी निवासी सरिता ढकालले जनकल्याण मा.वि., माडी मा.वि. र ब्रह्मज्योति आधारभूत विद्यालयमा एकैसाथ ३ वटा अक्षयकोष स्थापना गर्नुभएको छ । ढकालले आफ्ना दिवंगत बुबा भुवानीप्रसाद अधिकारी, दिवंगत आमा सेती अधिकारी र दिवंगत दिदी सरस्वती अधिकारीको स्मृतिमा आफू संरक्षक तथा आफ्ना सन्तानद्वय सुदिप ढकाल र सुदिना ढकाल सदस्य रहनेगरी सो […]
लायन्स डिष्ट्रिक्ट ३२५ आरको प्रशासकीय भवनको शिलान्यास

भरतपुर, २१ कात्तिक । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरले शुक्रबार भरतपुर–३, चितवनमा एक भव्य समारोहबीच आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ । समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक बालकृष्ण बुर्लाकोटी रहनुभएको थियो भने एल.सि.आई.एफ. एरिया लिडर (LCIF Area Leader) राजन लम्साल विशिष्ट अतिथि रहनुभएको थियो । नेपालमा हाल १५ वटा लायन्स डिष्ट्रिक्ट क्रियाशील […]