गैंडाकोट, १५ कात्तिक।
गैंडाकोटमा शुभाषचन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय ब्लड डोनर्स सोसाइटी नेपालको तदर्थ समिति गठन गरिएको छ ।
समितिका सदस्यहरूमा शंकर आचार्य, सुजन अधिकारी, हेमा काफ्ले अर्याल, चन्द्रमणि पौडेल, चन्द्रकान्त आचार्य, रीति श्रेष्ठ, हीरालाल अर्याल र युवराज गुरूङ रहेका छन् ।
ब्लड डोनर्स सोसाइटी नवलपुरका अध्यक्ष भोजराज भुर्तेल ‘किरण’को अध्यक्षतामा सम्पन्न भेलाले शुभाषचन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय गैंडाकोट ब्लड डोनर्स सोसाइटी तदर्थ समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा शंकर आचार्य, सुजन अधिकारी, हेमा काफ्ले अर्याल, चन्द्रमणि पौडेल, चन्द्रकान्त आचार्य, रीति श्रेष्ठ, हीरालाल अर्याल र युवराज गुरूङ रहेका छन् ।
जिल्ला सदस्य पवन भुर्तेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले शुभकामना व्यक्त गर्दै संस्थाको गठनको औचित्यमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका सभापति उमाकान्त सापकोटाले मन्तव्य राख्दै गठन हुने समितिमा क्षमता र समावेशितालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य नारायण शर्माले राख्नुभएको थियो ।
कार्यक्रममा नेरेसो गैंडाकोटका उपसभापति कमला तिवारी, लेखा संयोजक गोविन्द रिमाल, सदस्य ईश्वरीप्रसाद घिमिरे, समाजसेवी गोविन्द घिमिरे, किसन गुरूङ, दाताराम घिमिरे, डिवी गुरूङ, सन्तोष वाग्ले र जनप्रतिनिधि खगेश्वर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।





