बुटवल, १२ कात्तिक ।
रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार वाग्मती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ जाँदै गर्दा गएराति साढे १० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो ।
दुर्घटनामा सवार सातजनामध्ये तीनजनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जीतेन्द्र थापा र ४२ वर्षीय खेम बिक छन् ।





