चितवनका छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु

चितवन, २१ असोज ।
यहाँ छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा ५ जनाकाे मृत्यु भएकाे छ । जिल्लाको कालिका नगरपालिका–३, दुई सय बिघामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीया सुखमाया थिङ रहेको प्रहरीले जनाएको छ । सोमबार सुखमाया आफ्नै घरमा एक्कासि बान्ता गरी बिरामी भएकोमा उपचारका लागि कालिका नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भरतपुर महानगरपालिका–५, कल्याणपुरमा एक जना पुरुषको मृत्यु भएको छ । मागीखाई हिँडने नाम थर नखुलेको अन्दाजी ७० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ । यस्तै रत्ननगर नगरपालिका–१३, मा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीया भुमा केसी रहेको प्रहरीले जानकारी दिएको छ । बिरामी भएपश्चात भुमालाई आइतबार उपचारका लागि भरतपुर–१०, स्थित हेल्प नेपाल मेन्टल हस्पिटल लगिएको थियो । श्वासप्रस्वासमा समस्या भए पश्चात सोमबार भुमालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

राप्ती नगरपालिका–२, गड्यौलीमा खाल्टोेको पानीमा डुबेका एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ७ वर्षीय आयुष बर्तौला रहेका छन् । सोमबार घर नजिकै रहेको खाल्टोको पानीमा डुबेर अचेत भएका बालकलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–१, भतेरी जंगल कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार नारायणगढ मुग्लिङ सड्क खण्डमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग २३ प ३०९२ र बा.प्र.०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ३०९२ नम्बर मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–११, बस्ने ३६ वर्षीय राजु आचार्य, ९३९१ नम्बर चालक गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्क प्रसाद पौडेल र पछाडी सवार ४५ वर्षीया रेखा कुमारी पौडेल घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा रेखा कुमारीको सोमबार दिउँसो १२ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट