चिसो समयभित्रको
आगो- अभिलाषा थियो

कलिलो मानिस
फिलिङ्गो थियो
मायाले-
आशाले
विश्वास र प्रेमले
भर्भराउँदो बन्यो

दिनमा देखिन्थ्यो
उज्यालो नक्षत्र जस्तो
काठमाडौँ सभ्यताले
पूजाको तयारी गर्दै थियो

कालो परिधानमा
खुकुरी छाप,
निर्माणका कुरा
कत्रो विश्वास थियो ?
ऐला भरा प्याला जस्तै
भरी/टलपल/छल्किँदो

बिस्तारै दिनमा देखिन छोड्यो
रातमा देखिने
रातमै भड्किने
अँध्यारोमै खेलेर
सडकपेटीहरुमा
व्यवस्था होईन
अपराधमा उत्रीन लाग्यो
निधारमा भैरवको अक्षता
टाँसेर
कुमारी ढोग्ने छद्म
लुसिफरसँग
सिंहदरवारसँग के रिस थियो होला ?
काठमाडौँ प्रश्न गर्दैछ

तर बोलेन – जवाफ
बरू जलायो – सिंहदरवार
राष्ट्रिय सम्पदा
र राष्ट्रिय अनुहारहरु
कुल्चियो नावालक लास
र उन्मत्त बन्यो

दावानल जस्तै
ब्ल्याक लुसिफर ।
अब उस्को आमने सामने
र भैरवसँग हुँदैछ
होलिका दहन भएझैँ
ब्ल्याक लुसिफर ढल्ने
एक आरतीभरा साँझको पर्खाई छ ।

बस् !
काठमाडौँले,
`कालो लुसिफर कसरी नासियो ?´
भन्ने लोक कथा भन्न शुरु गर्नेछ
काठमाडौँले
र सतिको श्रापबाट मुक्त हुन
छद्म लुसिफर कसरी प्रकट भयो
र नेपाल फेरि
`सम्वृद्धिको शिखरमा पुग्यो´
र भन्ने-सुन्ने
नेपाली पनमा समाज जुट्नेछ ।

नग्न-छद्म-र्‍यापर
कसरी ?
कतिबेला ?
दानव बनेछ ?
काठमाडौँमा कानेखुशी चल्दैछ ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट