वेस्ट इन्डिजसँगको खेलमा सन्दीप लामिछानेमाथि अनुशासनको कारबाही

काठमाडौं, १५ असोज ।
क्रिकेटर सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरिएको जनाएको छ ।

यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको सारजह क्रिकेट मैदानमा पहिलोपटक नेपाल र वेस्ट इन्डिजबीच टी २० सिरिज आयोजना गरिएको थियो ।

उक्त सिरिजमा खेल्नका लागि समावेश लामिछानेले खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि मात्रै नखेल्ने निर्णय गरेकोले उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएकोले टिम म्यानेजमेन्टको सिफारिसमा प्रतियोगिता अवधिभर निलम्बन गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

उक्त सिरिज नेपालले वेस्ट इन्डिजमाथि २–१ को नजितासहित ऐतिहासिक रुपमा कब्जा गरेको थियो ।

क्यानले राष्ट्रिय टोलीको अबको लक्ष्य अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी मेन्स टी २० विश्वकप एसिया÷इएपी फाइनल प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनु रहेको पनि जनाएको छ ।

त्यस्तै १६ सदस्यीय नेपाली क्रिकेट टोली र अफिसियल यूएईबाटै ओमान गइसकेको पनि सचिव खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट