हाटबजार ब्यबस्थीत नहुदाँ सर्बसाधारणलाई समस्या

६ जेठ ।

भरतपुर महानगरपालिका कृष्णपुरमा रहेको हाटबजार ब्यबस्थीत नहुदाँ सर्बसाधारणलाई समस्या भएको छ । प्रशासनले पनि हाटबजारलाई ब्यबस्थित बनाउन कुनै काम नगरेको भन्दै स्थानिय बासिन्दा तथा सर्बसाधारणहरुले आक्रोस ब्यक्त गरेका छन । बिभिन्न समयमा हाटबजारलाई ब्यबस्थित बनाउने भनिएपनि त्यो योजनामा मात्रै सिमित भएको छ । हाटबजार अब्यबस्थीत होईन हाटबजार अघाढिको बाटो साघुरो हुदाँ हाटबजार लागेको दिन बाटोमा हिड्ने यात्रुले निकै सास्ती ब्यहोर्नू परेको छ ।

स्थानिय तथा हाटबजारमा तरकारि खरिद गर्न आएका सबैजसोले हाटबजार आउदाँ हाटबजार अघाढिको बाटोमा केहि बेर बाटोमा ओहोरदोहोर गर्न समेत सक्दैनन् । हाटबजारमा तरकारि खरिद गर्न आउनुभएकि ज्ञानु चालिसेले बाटो साघुरो हुदाँ हतार भएपनि केहिसमय बाटोमा नै रोकिनुपर्ने बाध्यता भएको भन्दै हाटबजार अघाढिको बाटो बढाईनुपर्ने बताउनुभयो ।

यस्तै अर्का एक युबा कृष्ण प्रसाद तिवारीले हाटबजारमा पार्किको ब्यबस्था राम्रो नहुदाँ समस्या पर्ने गरेको बताउनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट