हातमा ठेला
पैतालामा फोरा
निधारभरि पसिनाको धारा
पेटमा भोक
आँखामा सपना
एकातिर हरियो बिरुवा
अर्कोतिर कोदाली बोकेर
उ आउँदै गरेको छ ।

हिलोभित्र गाडेर पाइला
रोप्दछ हरिया सपनाहरू
आफ्नै छातीझैँ स्याहार्दै
मिलाउँछ छेउकुनाहरू
बुन्दै सुनौलो भविष्यको सपना
गाड्दछ धैर्यका किल्लाहरू ।

उ किसान हो
जसले आज असार १५ मा
मानो रोपेर
मुरी उब्जाउने सपना देखिरहेको छ
सपनाका बिरूवाहरु धरतीलाई सुम्पिएपछि
हिलोको टीका र हिलोकै होली खेलेर
पन्ध्र असार मनाउॅंदै छ
किनकि
आजको दिन उसको हो
मात्र उसको ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट