गुरुपूर्णिमाको शुभकामना (कविता)

जतिबेला औंलाहरूले न्यानो स्पर्श खोजिरहेका थिए आँखाहरू ओभानो उज्यालोको प्रतीक्षामा थिए रहरहरुका थाकेका पातहरू पहेलिँदै एक-एक गर्दै झरिरहेका थिए बर्खे भेलले पाइतालाका डोबहरू मेटाइरहेको थियो क्षितिजभरि निराशाका बादल भरिएका थिए त्यतिबेला मेरो साथमा तिमी मात्र थियौ । कठ्याङ्ग्रिएर अचल बनेको पक्षी-मनलाई फेरि पखेटाको अर्थ सम्झायौ बन्द पिँजडाभित्र थुनिएका सपनाहरूलाई खुला आकाशको दिशा देखायौ । तरल […]

बर्खे बजेट (कविता)

बर्खाले खहरेलाई नदी बनाएको छ नदीले घर, गोठ, चौपाया, खेतबारीसँगै मानिसका वर्षौँका सपना पनि बगाइरहेको छ । अचानक उता कसैले सकिन बाँकी बजेट सम्झियो सँगसँगै चुनाव, मतदाता, गाउँ र चुनावअघि देखाइएका सपना सम्झियो । हतारको बाकसभित्र असार थुनेर, बचेकुचेको बजेट बोकेर उ निस्किएपछि बाह्र महिनासम्म सिंहदरबारका दराजभित्र निदाएका नक्साहरू असारे बर्खासँगै अचानक ब्युँझिए । रातारात […]

पन्ध्र असार (कविता)

हातमा ठेला पैतालामा फोरा निधारभरि पसिनाको धारा पेटमा भोक आँखामा सपना एकातिर हरियो बिरुवा अर्कोतिर कोदाली बोकेर उ आउँदै गरेको छ । हिलोभित्र गाडेर पाइला रोप्दछ हरिया सपनाहरू आफ्नै छातीझैँ स्याहार्दै मिलाउँछ छेउकुनाहरू बुन्दै सुनौलो भविष्यको सपना गाड्दछ धैर्यका किल्लाहरू । उ किसान हो जसले आज असार १५ मा मानो रोपेर मुरी उब्जाउने सपना देखिरहेको […]

परिभाषा भन्दा परको प्रेम (कविता)

म बदल्न चाहन्छु प्रेमको परिभाषा के स्वीकार्न सक्छ्यौ यो नयाँ अर्थभित्रको प्रेम ? म अङ्गालोभरि गुलाब बोकेर क्षणिक सुगन्ध छर्न चाहन्नँ म त हत्केलाभरि हिम्मत लिएर तिम्रो हात थाम्न चाहन्छु जसरी काँडाहरू गुलाबको सुरक्षामा निशब्द पहरेदार बन्छन् त्यसरी नै तिम्रो जीवनका आँधीहरूमा अडिग उभिन चाहन्छु बदलाको अपेक्षा बिना भावुक वाचाको बन्धन बिना कठिन यात्राहरूको सहयात्री […]

उरमाल : चिया बगानका श्रमिकको दु:खको झोली

मदन पुरस्कार–२०८१ प्राप्त गर्न सफल `उरमाल´ प्रसिद्ध नेपाली आख्यानकार छुदेन काविमोद्वारा लेखिएको दोस्रो उपन्यास पढेर सकेँ । उपन्यासको मुख्य कथा चिया बगानमा काम गर्ने श्रमिकहरूको जीवन, संघर्ष र तिनीहरूको सामाजिक तथा आर्थिक अवस्थामा आधारित छ । यी पात्रहरूको जीवन चियाका बोटझैँ एक–आपसमा जेलिएका र कलम काटेर फ्याँकिएका चियाका गाँछ झैँ अल्झिएका रूपमा प्रस्तुत गरिएको छ […]

आधुनिक तीज (कविता)

परम्पराका सुरिला भाका भाकामा लयबद्ध हुँदै मादलको तालमा रातो पहिरनमा सोह्र शृङ्गार भरिएर आउँछिन् तीज ढाका टोपी लगाएका बाबा छोरीलाई लिन पुग्दा छोरीका आँखाभरि टिलपिलिएका आँसु हुन् तीज सबै खाले जिन्दगीका भूमिका पूरा गरी, एक छाक र एक दिन आमासँग लुटपुटाउने चेली हुन् तीज घाँसको भारी र दैलोको कुचोबाट पर भएर जिम्मेवारीको भारी र करिअरको […]

भुइँमान्छे (कविता)

चोक र चौताराहरूमा औँलाको ईशारामा खोक्रो आदर्शवादको भाषण सुनाउन र सुन्न रहर छैन । व्यक्ति विशेषलाई पूजा अर्चना गर्दै भगवान बनाउन म कदापि सक्दिनँ मेरो स्वाभिमानले दिँदैन । कसैको दम्भ र अभिमानको रक्षार्थ आडम्बर भरिएको झोला बोक्न म किमार्थ तयार छैन । सिद्धान्तबिहिन राजनीति र नीतिबिहिन विधि मलाई मान्य हुँदैन म स्वीकार्न सक्दिनँ । न […]