परम्पराका सुरिला भाका भाकामा
लयबद्ध हुँदै
मादलको तालमा
रातो पहिरनमा सोह्र शृङ्गार भरिएर आउँछिन् तीज

ढाका टोपी लगाएका
बाबा छोरीलाई लिन पुग्दा
छोरीका आँखाभरि टिलपिलिएका आँसु हुन् तीज

सबै खाले जिन्दगीका भूमिका पूरा गरी,
एक छाक र एक दिन
आमासँग लुटपुटाउने चेली हुन् तीज

घाँसको भारी र दैलोको कुचोबाट
पर भएर
जिम्मेवारीको भारी र
करिअरको बोझ सन्तुलनमा राखेकी
चेलीको कथा हुन् तीज

संस्कृतिको जगेर्ना गर्नकै लागि
आधा दिन अफिस र
आधा दिन माइतीको आँगन टेक्न
तारतम्य मिलाउनकै खातिर
पर्ने चटारो हुन् तीज

आमाको काख र बाबाको काँधमा
टाउको राखेर
व्यथा पोख्न नमिल्ने भएकी
शिक्षित नारी हुन् तीज

घर, टोल, समूह, संस्था, अफिस
सबैलाई चित्त बुझाउँदा
आफ्नो लागि धागोसम्म किन्न नभ्याए पनि
अरूको खुशीमा रमाउन सक्ने
कर्तव्यपरायण चेली हुन् तीज

आधुनिकताको आवरणभित्र
व्यक्त गर्न अफ्ठ्यारो हुने
अनगिन्ती बेदनाको पोको हुन् तीज

ओठमा मुस्कान सजाएर
बाबुआमालाई खुशी बनाउन सक्ने
हिम्मतवाली बनेकी छन्
आधुनिक तीज ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट