`म पनि पढ्छु´ को एघारौँ शृङ्खला विश्वप्रकाश माविमा

भरतपुर, १० भदौ । `म पनि पढ्छु´ कार्यक्रमको एघारौँ शृङ्खला श्री विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ मङ्गलपुर, चितवनमा गरिएको छ । विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराइ रचनात्मक एवम् सिर्जनशील बनाउन विद्यालयमा यो कार्यक्रम गरिएको शिक्षक विपिन पाठकले जानकारी दिए । कार्यक्रममा विद्यार्थी सन्तबहादुर बिकले बाँसुरी बजाएर सबैलाई स्वागत गरेका थिए । त्यसपछि विद्यार्थीले विभिन्न […]

शल्यक्रियामा प्राथमिकता पाउन अतिरिक्त शुल्क : सार्वजनिक स्वास्थ्य नीतिसँग असंगत ?

चितवन, १० भदौ । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अतिरिक्त शुल्क तिरेर शल्यक्रियामा प्राथमिकता पाउने व्यवस्था भएको समाचार सार्वजनिक भएपछि यस विषयले व्यापक चर्चा र आलोचना निम्त्याएको छ । अस्पतालको यस्तो अभ्यासले स्वास्थ्य क्षेत्रमा समान अवसर र पहुँचको सिद्धान्तमाथि प्रश्न उठाएको छ भने गरिब र सामान्य बिरामीमाथि अन्याय हुने गम्भीर चिन्ता पनि बढेको छ […]

‘अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन’

काठमाडौँ, १० भदौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त, असहाय वा ९० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कुनै बाधा नपर्ने प्रावधानको पुनःस्मरण गराएको छ । विभिन्न स्थानीय तहले परिचयपत्र अनिवार्य रहेको भन्दै सेवा प्रवाहमा कठिनाइ भएको बताउँदै आएपछि विभागले उक्त प्रावधान स्मरण […]

ब्रह्माकुमारी संस्थाद्वारा १२ हजार पिन्ट रक्त संकलन

काठमाडौं, १० भदौ । ब्रह्माकुमारी संस्था र यसका सह–संस्थाहरूले पूर्व प्रशासिका दादी प्रकाशमणिजीको १६ औँ पूण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतका विभिन्न शहरहरूमा आयोजित विशेष रक्तदान अभियान सम्पन्न भएको छ । अभियानमार्फत भाद्र ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५, २०२५) ११ हजार ९१६ पिन्ट रक्त संकलन भएको संस्थाले जानकारी दिएको छ । […]

आधुनिक तीज (कविता)

परम्पराका सुरिला भाका भाकामा लयबद्ध हुँदै मादलको तालमा रातो पहिरनमा सोह्र शृङ्गार भरिएर आउँछिन् तीज ढाका टोपी लगाएका बाबा छोरीलाई लिन पुग्दा छोरीका आँखाभरि टिलपिलिएका आँसु हुन् तीज सबै खाले जिन्दगीका भूमिका पूरा गरी, एक छाक र एक दिन आमासँग लुटपुटाउने चेली हुन् तीज घाँसको भारी र दैलोको कुचोबाट पर भएर जिम्मेवारीको भारी र करिअरको […]