काठमाडौं, २४ भदौ ।
प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार राति भिडियो सन्देशमार्फत् आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । उनले अहिलेको विशम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनुपर्ने भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आह्वान गरेका हुन् ।





