आन्दोलन स्थगन गरेर वार्तामा आउन प्रधानसेनापतिको आग्रह

काठमाडौं, २४ भदौ । प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार राति भिडियो सन्देशमार्फत् आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । उनले अहिलेको विशम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनुपर्ने भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आह्वान गरेका हुन् ।
राष्ट्रपतिबाट जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल

काठमाडौं, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले लोकतन्त्रमा […]
जेन–जीको विरोध प्रदर्शनमाथिको दमनप्रति चितवनका निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण

नेपाल सरकारले सामाजिक सञ्जाल र विभिन्न संचार प्लेटफर्महरूमा लगाएको प्रतिबन्ध तथा भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भाद्र २३ गते आयोजना गरिएको जेन–जी युवा पुस्ताको शान्तिपूर्ण विरोध र्यालीमा भएको क्रुर दमनप्रति चितवनका निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निजी क्षेत्रका प्रतिनिधिहरूले प्रदर्शनमा संलग्न निशस्त्र युवा विद्यार्थीहरूमाथि सुरक्षाकर्मीको गोली प्रहार हुनु अत्यन्त दुखद र त्रासदिपूर्ण […]
प्रदर्शनकारीद्वारा एमाले पार्टी कार्यालयमा आगजनी

काठमाडौँ । जेन–जी आन्दोलनअन्तर्गत प्रदर्शनकारीहरूले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड गर्दै आगो लगाएका हुन् । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ । आन्दोलनकारीहरू सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सोमबार सडकमा उत्रिएका थिए । आज आन्दोलनको दोस्रो दिन हो । जेन–जी […]
चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले जलाए प्रहरीको गाडी, प्रहरीले चलायो गोली

चितवन । रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार प्रहरीले गोली प्रहार गरेको छ। सोमबारको प्रदर्शनमा भएको दमनविरुद्ध आन्दोलित जेन–जी पुस्ताले मंगलबार विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र आन्दोलकबीच झडप भएको छ। सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा आगजनी गरेका छन्। भीड नियन्त्रणका लागि प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। […]
काठमाडौंका मेयरद्वारा प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’को संज्ञा

काठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन् । मेयर शाहले प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले प्रधानमन्त्रीलाई भारौटेहरुको बा भएको भन्दै छोराछोरीको मृत्युको पीडा नबुझेको आरोप लगाएका छन् । “तेरो […]