काठमाडौं, २४ भदौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन् ।
मेयर शाहले प्रधानमन्त्रीलाई तँ सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले प्रधानमन्त्रीलाई भारौटेहरुको बा भएको भन्दै छोराछोरीको मृत्युको पीडा नबुझेको आरोप लगाएका छन् ।
“तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्,” बालेनले फेसबुकमा लेखेका छन् ।





