चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले जलाए प्रहरीको गाडी, प्रहरीले चलायो गोली

चितवन । रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार प्रहरीले गोली प्रहार गरेको छ। सोमबारको प्रदर्शनमा भएको दमनविरुद्ध आन्दोलित जेन–जी पुस्ताले मंगलबार विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरी र आन्दोलकबीच झडप भएको छ। सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा आगजनी गरेका छन्। भीड नियन्त्रणका लागि प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। हाल चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त बनेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट