हेटौंडा अस्पतालमा उपचाररत एक विरामीमा जापानिज इन्सेफलाइटिस पुष्टि

मकवानपुर, २१ भदौ ।
मकवानपुर जापानिज इन्सेफलाइटिसका विरामी पहिचान भएको छ । हेटौंडा अस्पतालमा उपचाररत एक विरामीमा जापानिज इन्सेफलाइटिस (जेई) पुष्टि भएको अस्पतालले जनाएकाे छ ।

भदौ ९ गते हेटौंडा अस्पतालमा भर्ना भई उपचाररत मकवानपुरको बकैया गाउँपालिका १ का जेष्ठ जागरिकमा जेई पुष्टि भएको  डा. प्रशान्त विडारीले बताए । हेटौंडा अस्पतालमा भर्ना भएका उनलाई १० भदौबाट सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गरिएको थियो । काठमाडौंस्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको नमूनाको रिपोर्ट शुक्रबार प्राप्त भएको र परीक्षणका क्रममा जेई पुष्टि भएको डा. विडारीले जानकारी दिए ।

हालसम्म हेटौंडा अस्पतालबाट २० जना भन्दा बढी विरामीको जेईको आशंकामा परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशाला पठाइएको छ । ‘परीक्षणका लागि पठाइएका नमूना मध्ये एउटा नमूनामा जेई पुष्टि भएको छ’डा. विडारीले भने, ‘जेई पुष्टि भएका विरामी ६ दिन आइसीयुमा उपचारपछि जनरल वार्डमा सारिएको छ । उहाँको स्वास्थ्य राम्रो छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट