नेवा: पुच: नारायणगढले मनायो लाखे जात्रा

भरतपुर, २१ भदौ । नेवा: पुच: नारायणगढले आज इन्द्रजात्राको अवसर पारेर भव्य रुपमा लाखे जात्रा मनाएको छ । पासा: पुच: नारायणगढको सहयोगमा निकालिएको उक्त लाखे जात्रा संस्थाको भवन मैयादेवी मार्ग कमलनगरबाट सुरु भई बजार परिक्रमा गरी गौरीश्वर मन्दिर मा गएर विसर्जन गरिएको थियो । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको […]

हेटौंडा अस्पतालमा उपचाररत एक विरामीमा जापानिज इन्सेफलाइटिस पुष्टि

मकवानपुर, २१ भदौ । मकवानपुर जापानिज इन्सेफलाइटिसका विरामी पहिचान भएको छ । हेटौंडा अस्पतालमा उपचाररत एक विरामीमा जापानिज इन्सेफलाइटिस (जेई) पुष्टि भएको अस्पतालले जनाएकाे छ । भदौ ९ गते हेटौंडा अस्पतालमा भर्ना भई उपचाररत मकवानपुरको बकैया गाउँपालिका १ का जेष्ठ जागरिकमा जेई पुष्टि भएको  डा. प्रशान्त विडारीले बताए । हेटौंडा अस्पतालमा भर्ना भएका उनलाई १० […]

भरतपुरमा कवितावाचन तथा विविध साहित्यिक कार्यक्रम

भरतपुर, २१ भदौ । भरतपुरमा कवितावाचन तथा विविध साहित्यिक कार्यक्रम गरिएको छ । नेपाली लेखक सङ्घ चितवनको आयोजना र नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको संयोजनमा होटल शुभम् भरतपुरमा शनिबार कार्यक्रम गरिएको हो । कार्यक्रममा बीपीका कवितामाथि डाक्टर एकनारायण पौड्यालले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । वीपीका कविताको सीमा, शक्ति र सन्देशका बारेमा पौड्यालले बोल्नुभएको थियो । […]

चितवनमा बसको ठक्करबाट बालिकाको मृत्यु

चितवन, २१ भदौ । रत्ननगर नगरपालिका–१, सौराहाचोकमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पूर्वपश्चिम महेन्द्र राजमार्गमा भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५७३७ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री खैरहनी नगरपालिका–८, बस्ने सिर्जना विकको ३ वर्षीया छोरी समिरा विक घाइते भएकी थिइन् । घाइते विकको टाँडिस्थित बकुलहर हस्पिटलमा सामान्य उपचारपश्चात थप […]