भरतपुरमा कवितावाचन तथा विविध साहित्यिक कार्यक्रम

भरतपुर, २१ भदौ ।
भरतपुरमा कवितावाचन तथा विविध साहित्यिक कार्यक्रम गरिएको छ । नेपाली लेखक सङ्घ चितवनको आयोजना र नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको संयोजनमा होटल शुभम् भरतपुरमा शनिबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बीपीका कवितामाथि डाक्टर एकनारायण पौड्यालले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । वीपीका कविताको सीमा, शक्ति र सन्देशका बारेमा पौड्यालले बोल्नुभएको थियो । पौड्यालले कवितामा वीपी स्वच्छन्दतावादी भएको बताउँदै समाज, गरिबी, विद्रोहलगायतका विषयवस्तु उहाँका कवितामा समेटिएको बताउनुभयो ।

नेपाली लेखक सङ्घ चितवनकी अध्यक्ष शान्ति शर्माले स्वागत मन्तव्य राख्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विभिन्न स्रस्टाले कविता वाचन गर्नुभएको थियो । कविहरु गणेश शर्मा पौडेल, विपिन पाठक एकदेव रिमाल, मुक्तिनाथ घिमिरे, देवीमाया सापकोटा, चारघरे ठिटो, उपेन्द्र त्रिपाठी, पण्डित विष्णु पौड्याल, ध्रुवराज पोखरेल, नरेन्द्रराज पौडेल, मोहन तिवारी, जगन्नाथ पण्डित र सुरेन्द्र अस्तफलले विभिन्न शीर्षकका कविता प्रस्तुत गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले वीपी प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । नेपाली लेखक सङ्घका सल्लाहकार केदारनाथ खनालले पनि वीपीको व्यक्तित्व र कृतित्वबारेमा चर्चा गर्नुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली लेखक सङ्घसँग सहकार्य गरेर वीपी जयन्ती मनाउन पाउनु महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । वीपी जयन्तीलाई थारु जातिको जितिया र चेपाङ जातिको न्वांगी पर्वसँगै मनाउन पाउनु अर्को महत्त्वपूर्ण पक्ष रहेको पनि उहाँले बताउनुभयो ।
`वीपीले देखाएको बाटोमा हिंड्न ठुलो सोच र दूरदर्शी विचार आवश्यक पर्छ, नेपाली कांग्रेससँग आवद्ध रहेका, नेपाली लेखक सङ्घसँग आवद्ध रहेका साथीहरूसँग यो क्षमता रहेको हामीलाई विश्वास छ ।´, सभापति खनालले भन्नुभयो ।

कार्यक्रमलाई नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र अस्तफलले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट