चितवनमा बसको ठक्करबाट बालिकाको मृत्यु

चितवन, २१ भदौ ।

रत्ननगर नगरपालिका–१, सौराहाचोकमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पूर्वपश्चिम महेन्द्र राजमार्गमा भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ३ ख ५७३७ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री खैरहनी नगरपालिका–८, बस्ने सिर्जना विकको ३ वर्षीया छोरी समिरा विक घाइते भएकी थिइन् ।
घाइते विकको टाँडिस्थित बकुलहर हस्पिटलमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । बालिकालाई शुक्रबार साँझ उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
बस र बस चालक धादिङ जिल्लाको रोराङ गाउँपालिका–६, बस्ने ३३ वर्षीय कमल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट