युरो एसिया ग्रुपका अध्यक्ष गौरब सैनीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा एनडिए अध्यक्ष देवराज गुरुङ, नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङसहित ६ वर्षदेखि १८ वर्ष उमेर समूहका नृत्य कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई ग्रेट नेपाल होलिडेले व्यवस्थापन गरेको हो भने नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमन सिंह डंगोलले सहजीकरण गरेका थिए ।



नेपाली कलाकारहरूमध्ये लक्ष्मी श्रेष्ठ, भुमिका सुनुवार, क्यारल परियार, जेनिशा श्रेष्ठ, ओजस्वी बरुवाल, आरुशी सुनुवार, याना श्रेष्ठ, स्वयस अधिकारी, अदिती वालिङ राई, प्रियान्सा थापा, उप्सना कटुवल र आकृति श्रेष्ठले प्रस्तुती दिएका थिए । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र टिएसएच म्युजिक एन्ड इन्टरटेनमेण्टले सहयोग गरेका थिए ।
यसैबीच टिएसएच अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको पहिलो संस्करण पनि सम्पन्न भएको छ । दुई समूहमा विभाजन गरिएका कलाकारहरूले एकल नृत्य प्रस्तुति पनि गरेका थिए । यस प्रतियोगिताले नयाँ नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको र सिकाइका लागि कोशेढुङ्गा सावित हुने विश्वास नृत्य विभाग प्रमुख लक्ष्मी पुरीले व्यक्त गरे ।


