गैंडाकोट, १७ भदौ ।
रोजगारका सिलसिलामा जापानमा रहेका बिष्णुप्रसाद सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिकसामग्री उपलब्ध गराएका छन् ।
सापकोटाले अध्ययन गरेको श्री नारायणी माध्यमिक विद्यालय गैंडाकोट – ७ मा कक्षा ४ देखि १० सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना र युवामञ्च पत्रिका उपलब्ध गराइएको छ । त्यसैगरी विद्यालयका प्रतिभाशाली छात्रहरु मनिक कमरयोगी (कक्षा ८) र विनोद परियार (कक्षा १०) लाई शैक्षिकसामग्री (झोला, कापी, कलम, ज्यामितीबक्स, क्यालकुलेटर, डायरी) उपलब्ध गराइएको विद्यालयका शिक्षक गोविन्द रिमालले बताए ।
सोमबार विद्यालय पुगेका सापकोटाका परिवारजनले प्रधानाध्यापक मिलन श्रेष्ठको रोहवरमा उक्त सामग्री विद्यार्थीलाई उपलब्ध गराएका उपलब्ध गराएका हुन् । गैंडाकोट – ७ शीतलनगर घर भएका सापकोटा कक्षा १० सम्म यसै विद्यालयमा अध्ययन गरेका थिए । सापकोटा एकवर्ष यता जापानमा रोजगारी गर्छन् ।