सापकोटाको जन्मदिनमा विद्यार्थीलाई मुना, युवामञ्च र शैक्षिकसामग्री

गैंडाकोट, १७ भदौ । रोजगारका सिलसिलामा जापानमा रहेका बिष्णुप्रसाद सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिकसामग्री उपलब्ध गराएका छन् । सापकोटाले अध्ययन गरेको श्री नारायणी माध्यमिक विद्यालय गैंडाकोट – ७ मा कक्षा ४ देखि १० सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना र युवामञ्च पत्रिका उपलब्ध गराइएको छ । त्यसैगरी विद्यालयका प्रतिभाशाली छात्रहरु मनिक कमरयोगी (कक्षा ८) […]

सरोकारवालाद्वारा संघसंस्था ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै पुनर्लेखन गर्न माग

मकवानपुर, १७ भदौ । संघसंस्था ऐन–२०८२ को मस्यौदाप्रति सरोकारवाला पक्षले तीव्र असन्तुष्टि जनाउँदै पुनर्लेखन गर्न माग गरेका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाले संविधानले प्रत्याभूत गरेका मौलिक हक, संघसंस्था खोल्ने स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमै गम्भीर संकुचन ल्याउने दाबी उनीहरुले गरेका हुन् । सोमबार हेटौंडामा भएको छलफलमा नागरिक समाज, गैरसरकारी संघसंस्था लगायतते प्रस्तावित दफाहरु नियमनभन्दा […]

अन्नपूर्णा माविमा `पठन प्रवाह´ तथा `पठन संस्कृति र यसको महत्त्व´ कार्यक्रम सम्पन्न

भरतपुर, १७ भदौ । अठारौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर `पठन प्रवाह कार्यक्रम´ तथा `पठन संस्कृति र यसको महत्त्व´ शीर्षकमा कार्यक्रम गरिएको छ । अन्नपूर्णा मावि भरतपुर- २१ पार्वतीपुरमा गरिएको कार्यक्रममा अन्नपूर्णासहित ६ वटा विद्यालयका शिक्षक प्रतिनिधि र कक्षा ३ का विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीलाई सचित्र बालकथा अध्ययन गर्न लगाइएको थियो । प्रतियोगिताको […]

भरतपुर महानगरपालिकाद्वारा ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम 

चितवन, १७ भदाै । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । जसमध्ये पुरुष २ हजार ५ सय ९१ र महिला ४ हजार ६ सय ५० जना रहेका […]