भरतपुर, १७ भदौ ।
अठारौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर `पठन प्रवाह कार्यक्रम´ तथा `पठन संस्कृति र यसको महत्त्व´ शीर्षकमा कार्यक्रम गरिएको छ ।
अन्नपूर्णा मावि भरतपुर- २१ पार्वतीपुरमा गरिएको कार्यक्रममा अन्नपूर्णासहित ६ वटा विद्यालयका शिक्षक प्रतिनिधि र कक्षा ३ का विद्यार्थी सहभागी थिए ।
सहभागी विद्यार्थीलाई सचित्र बालकथा अध्ययन गर्न लगाइएको थियो । प्रतियोगिताको रूपमा गरिएको कार्यक्रममा सहभागी सबै १२ जनालाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको रूपमा बालकथाका पुस्तकहरु दिइएको अन्नपूर्णा माविका प्रधानाध्यापक बटुकलाल तामाङले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा पठन संस्कृति र यसको महत्त्वका बारेमा उदय अधिकारी र लेखराम सापकोटाले प्रस्तुति दिनुभएको थियो । विद्यार्थीमा पठन संस्कार बसाल्नका लागि शिक्षक र अभिभावकले पनि पढ्नुपर्नेमा वक्ताद्वयको सुझाव रहेको थियो ।
handicap international, Autism care Chitwan society र UK aid को सहयोगमा श्री अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरले कार्यक्रम आयोजना गरेको हो ।